ग्वार्कोमा ‘बिग डिजिटल’

Read Time = 2 mins

ललितपुर । नेपालकै सबैभन्दा ठूलो मल्टीब्रान्ड सपिङ स्टोर ‘बिग डिजिटल’ बुधबारदेखि सञ्चालनमा आएको छ । नायिका तथा स्टोरकी ब्रान्डदूत स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोस्थित ग्वार्को कम्प्लेक्समा स्टोर उद्घाटन गर्नुभयो ।

बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्रान्ड सहज र सरल ढंगले नेपाली ग्राहकलाई उपलब्ध गराउने ध्येयले स्टोर स्थापना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली ग्राहकको बदलिँदो इच्छा आकांक्षा परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ क्षेत्रमै नयाँ मापदण्ड सिर्जना गर्नेमा हामी विश्वस्त छौँ ।’ सपिङ स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र वाद्यवादनलगायतका उत्पादन रहेको कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

ग्राहकले खरिद गर्दा लक्की ड्रमार्फत् विभिन्न आकर्षक उपहारका साथै शतप्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्ने बताइएको छ । त्यसैगरी खरिद गरेको सामानको घरमा निःशुल्क डेलिभरी र जडान सुविधा पनि पाउनेछन् । बिग डिजिटलले काठमाडौं उपत्यकाका चार नयाँ स्थानमा स्टोर विस्तार गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?