-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । बाँकेका जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई आर्थिक स्वार्थ र लेनदेन आरोप लागेको छ ।
उहाँलाई विभिन्न अदालतमा हुँदा पदीय आचरणविरुद्ध आर्थिक स्वार्थ र लेनदेनको आरोप लागेको हो । न्यायपरिषदले अधिकारीविरुद्ध उजुरी परेपछि छानविनका सर्वोच्च अदालतमा तानेको छ । केही गम्भिर उजरीका कारण अधिकारी सर्वोच्च अदालत तानिनु भएको हो ।
अधिकारीमाथि आर्थिक स्वार्थ र लेनदेनको कारण न्यायसम्पादन प्रभावित पारेको आरोप उजुरी परेको न्यायपरिषदले जनाएको छ । न्यायधिशमाथि लागेको आरोपको छानविन गर्न सर्वोच्च तानिएको हो । न्यायसम्पादनमा सचेत नभएको र यान्त्रिक बनेको भन्दै उहाँलाई सर्वोच्च अदालतले समेट टिप्पणी गरेको छ । बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उहाँमाथि ‘यान्त्रिक रुपमा पक्राउ अनुमती दिएको’ आरोप लागेको थियो । यस विषयमा २०७८ असोज २८ मा सर्वोच्च प्रश्न उठाएको थियो ।
सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप अधिकारीमाथि छ । उहाँको खातामा शंकास्पद रुपमा ८ लाख रुपैयाँ भेटिएको थियो । त्यतिबेलै न्यायाधीश सपना प्रधान मल्लको इजलासले बर्खास्तीको सिफारिस गरेको थियो । उहाँ बाँके आउनु भन्दा अघि कालिकोटमा हुनुहुन्थ्यो ।






