चन्द्रनहरमा डुबेर वृद्धको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

-अनिल आत्रेय

राजबिराज । सप्तरीको सप्तकोसी नगरपालिका ५ स्थित चन्द्रनहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर-४ का ७० वर्षीय लक्ष्मी सदाको नहरमा डुबेर मृत्यु भएको हो ।

स्थानीयका अनुसार शुक्रबार बेलुका गाई चराएर घर फर्किने क्रममा गाई फर्काउन नहरमा पसेका सदा अचानक डुब्न पुगेका थिए । उनी डुबेको खबर गाउँलेले राती थाहा पाए लगतै प्रहरीलाई खबर गरेका थिए ।

ADVERTISEMENT

सदा डुबेको खबर प्राप्त हुनासाथ प्रहरीले नहरको पानी बन्द गराइ खोजी गर्दा शनिवार बिहान ७ बजे उनको शव मृत अवस्थामा चन्द्रनहर भन्दा करिब तीन किलोमिटर दक्षिण बगाएर लगेको अवस्थामा फेला परेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।

मृतक सदाको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज लगिएको प्रहरीले जनाएको छ । सदा वर्षौँदेखि गाउँभरिका गाईबस्तु चराउने काम गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?