सेक्सका यी कुरा पार्टनरलाई सेयर गर्नुहोस्

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । हाम्रो समाजमा यौनको विषयमा कुराकानी गर्न वर्जित छ । अझै महिलाहरूले यौनको बारेमा खुल्ला भएर कुराकानी गरे भने त उनीहरूलाई अनेक लान्छना लगाइन्छ । त्यसैले पनि महिलाहरू यौन वा सेक्सको बारेमा त्यति खुल्दैनन् । यौनको बारेमा सबैलाई चासो भएपनि सबैले यसलाई दबाएर राख्छन् ।

यस्तोमा तपाईं आफ्नो पार्टनरसँग बेडमा एक गरमागरम समय बिताउँदै हुनुहुन्छ भने आफ्नो पार्टनरलाई बेडमा के कुराले अझै बढी आनन्द दिन्छ भन्ने कुरा थाहा भएमा तपाईले आफ्नो यौन जीवनलाई अझै रोमाञ्चक बनाउन सक्नुहुन्छ ।

यौनको विषयमा सबैको फरकफरक रुची र चाहना हुन सक्छ तर, यस विषयमा हाम्रो समाजमा पति पत्नी वा यौनसाथीहरू एक आपसमा खुलेर कुरा गर्न हिच्किचाउँछन् ।

तर, आफ्नो पार्टनरसँग खुलेर कुरा गर्दा सम्बन्ध सुमधुर हुन्छ । पार्टनरसँग कुन अवस्थामा कुरा गर्ने भन्ने कुरा जानकार हुन जरुरी हुन्छ । सोही विषय यहाँ चर्चा गरिएको छ ।

– यौन जीवनबाट तनाव हुनुहुन्छ । केही नयाँ प्रयास गर्न चाहनुहुन्छ भने यसबारे पार्टनरसँग छलफल गर्नुहोस् ।

– सेक्समा रुचि घट्दै गएको छ । पार्टनर सेक्सप्रति नीरस भएको जस्तो लागेमा कुराकानीमार्फत समाधान खोज्नुहोस्।

ADVERTISEMENT

– अचानक सेक्सको धेरै इच्छा हुन थालेमा पार्टनरसँग कुरा गर्नुहोस् ।

– सेक्स हुन्छ तर माया र ममताको अनुभव नभएमा पार्टनरलाई भन्नुहोस् ।

– सेक्सको क्रममा पार्टनरको व्यवहारमा कुनै परिवर्तन आएको महसुस भएमा कुराकानी गर्नुहोस् ।

– परिवार नियोजनको बारेमा योजना बनाउनुभएमा पनि पार्टनरसँग सल्लाह लिनुहोस् ।

– नयाँ नयाँ सेक्स पोजिसनमा सेक्स गर्दा र नयाँ तरिकाले सेक्स गर्दा पार्टनर अझै रोमाञ्चित हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज