पाल्पा ‘पूर्ण खोप’ सुनिश्चितता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

-रामचन्द्र रायमाझी

पाल्पा । पाल्पा जिल्ला ‘पूर्ण खोप’ सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि लुम्बिनी प्रदेश सरकारले जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेको हो । प्रदेशसभा सदस्य पुरनमान बज्राचार्यले प्रदेशका तर्फबाट प्रतिनिधित्व गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएको हो ।

बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्न प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन अनुसार पाल्पा पूर्ण खोप सुनिश्चित भएको जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले बताउनुभयो ।

जिल्लाका तीन हजार ५८६ जना बालबालिकाले पूर्ण रूपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो । राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरिन्छ । यसअघि बालबालिकालाई १२ वटा मात्रै खोप प्रदान गरिँदै आएकोमा यस वर्षदेखि टाइफाइडविरुद्धको खोप थप भएको हो । स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचकांक पुरा गर्नु पर्ने हुन्छ । यहाँका सबै स्थानीय तहले ९५ प्रतिशत सूचकांक पुरा गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका दशवटै स्थानीय तहहरूले पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिसकेकाले सोहि प्रावधान बमोजिम जिल्लालाई पनि घोषणा गरिएको कार्यालय प्रमूख गिरीको भनाइ छ ।

ADVERTISEMENT

पाल्पालाई यस अघि २०७० साल फागुन १३ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । हरेक वर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चित गर्नुपर्ने प्रावधान रहेको छ । आर्थिक वर्ष २०७७/०७८ मा पाल्पामा चार हजार १०९ जना बालबालिकाले पूर्ण खोप पाएका थिए ।

यस वर्ष असार १ गतेदेखि माथागढी गाउँपालिकाबाट पूर्ण खोप सुनिश्चिता घोषणा गरी असार २६ गते निस्दी गाउँपालिकामा पुगी दशवटै पालिका घोषणा गरिएको थियो । त्यस पश्चात जिल्ला खोप समन्वय समितिले एक कार्यक्रमका बीच जिल्ला पूर्ण खोप सुनिश्चित भएको घोषणा गरेको हो । घोषणासँगै कार्यक्रमका सहभागीहरूले पूर्णखोप सुनिश्चता तथा दिगोपनाका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद डा. पुरन बज्रचार्यले घोषणा गर्नु महत्वपूर्ण नभई त्यसलाई दीगो रुप दिनु महत्वपूर्ण हुने बताउनुभयो । परिवार कल्याण महाशाखाका खोप जनस्वास्थ्य अधिकृत बसन्त कुमार श्रेष्ठले बालबालिकाहरुलाई प्राणघातक रोगहरूबाट बचाउन पूर्ण खोप सुनिश्तिच गर्नु परेको बताउनुभयो । उहाँले कुनै बालबालिका खोपबाट बञ्चित भएमा त्यसको असर सिंगो देशलाई नै पर्ने भएकाले खोप सुनिश्चित गर्नु आवश्यक रहेको औल्याउनुभयो ।

श्रेष्ठले भन्नुभयो, ‘कुनै एक बालबालिकाले खोप लगाउनबाट बञ्चित भए भने, त्यसले कुनै पनि प्रणाघात रोग निम्त्याउन सक्ने र त्यसको असर वडा, पालिका, जिल्ला र देशभर नै पर्ने हुन्छ, जसले गर्दा पूर्ण खोप सुनिश्चित गरेको लगानी बालुवामा पानी खन्याएर जस्तै हुन्छ, त्यसैले यस विषयमा सबै वर्ग गम्भीर बन्नुपर्छ ।’ उहाँले स्थानीय सरकारलाई भौतिक पूर्वधारमा भन्दा पनि स्वस्थ नागरिक उत्पादन गर्न स्वास्थ्य क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?