उपसभामुखमा लिङ्देनको प्रतिपक्षलाई समर्थन, प्रेम सुवाल मतदान प्रक्रियामा सहभागी नहुने

Read Time = 2 mins

काठमाडौं । संसदउपसभामुखको निर्वाचन प्रक्रिया चलिरहेको छ । अहिले उपसभामुख चयनका लागि मत विभाजन शुरु भएको छ ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले उपसभामुख पदमा प्रतिपक्षको हक हुने बताउनु भएको छ ।

उपसभामुखको निर्वाचन प्रक्रिया चलिरहेको संसद बैठकमा बोल्दै लिङ्देनले सत्तापक्षले सल्लाह गरेर उदारतापूर्वक प्रतिपक्षलाई दिनुपर्ने बताउनु भयो ।

ADVERTISEMENT

‘संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्छ भनिएको छ’, उहाँले भन्नुभयो, यसको मनोभावना भनेको सभामुख सत्तापक्ष हुँदा उपसभामुख प्रतिपक्षको हुनुपर्ने भन्ने हो। त्यसैले उपसभामुख पनि सत्तापक्षले नै लिन खोज्ने कुरामा हामी सहमत हुन सक्दैनौं।’

उहाँले सैद्धान्तिक रुपमा प्रतिपक्षीको हक भएकाले सत्तापक्षका उम्मेदवारलाई समर्थन गर्न नसकिने जानकारी गराउनु भयो। यस्तै नेमकिपाका सांसद प्रेम सुवालले भने मतदान प्रक्रियामा सहभागी नहुने बताउनु भयो। उहाँले ठूला भनिएका दलहरुले समानुपातिक मतमा थ्रेसहोल्ड राखेर आफूहरुलाई पञ्चायती शैलीमा जस्तै निर्दलीय बनाएको आरोप समेत लगाउनु भयो ।
उपसभामुखमा सत्ता गठबन्धनले कांग्रेस नेतृ पुष्पा भुषाल र नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?