तराईमा तापक्रमले जनजीवन कष्टकर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

राजविराज । केही दिनदेखि बढिरहेको तापक्रमले सप्तरी लगायत तराईका जिल्लामा जनजीवन निकै कष्टकर बनेको छ ।

तापक्रममा वृद्धिसँगै हावा पनि तातो चल्न थालेपछि बजार, शिक्षण संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । स्थानीय अस्पतालमा बिरामीको चाप बढिरहेको छ । दैनिक ज्याला मजदुरी गर्ने र हिँडडुल गर्नेहरूलाई पनि गर्मीले समस्या भएको छ ।

तापक्रम ३७ डिग्रीसम्म पुगेपछि सप्तरीका कञ्चनपुर, राजविराज, कल्याणपुर, भारदह, रुपनी लगायतका बजारहरूमा जनजिवन नराम्रो सँग प्रभावित बनेको छ । गर्मी बढेसँगै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिन थालिएको छ ।

ADVERTISEMENT

सप्तरी सदरमुकाम राजविराजमा केही दिन यता तापक्रम ३७ डिग्री देखी माथि पुग्न थाले पछि बजार, कार्यालय र विद्यालय सबैमा चलहल पहल घटेको छ । गर्मीकै कारण केही दिन यता घाउ खटिरा, टाइफाइड ज्वरो, झाडापखाला लगायत रोगका विरामीको चाप ह्वातै बढेको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।

गर्मीकै कारण विद्यार्थीहरू विद्यालयमा बेहोस पर्न थालेपछि राजविराज नगरपालिकाको सामुदायिक विद्यालयहरू २८ असारदेखि २८ साउन सम्म एक महिनाका लागि बन्द गरिएको छ भने अन्य पालिकाहरूमा पनि आजबाट सामुदायिक विद्यालयहरू बन्द गर्ने भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?