पर्यटन क्षेत्र पुनरुत्थानका ५१ कार्ययोजना

Read Time = 3 mins

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हालेलगत्तै गठित नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तर्जुमा समितिले बिहीबार कार्ययोजनासहितको प्रतिवेदन बुझाएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा कार्ययोजना तर्जुमा समितिका सदस्यहरूले मन्त्री श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।

श्रेष्ठले असार १३ गते पदभार ग्रहण गर्दै नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्न तत्कालीन र दीर्घकालीन कार्ययोजना तयार गर्न समिति गठन गर्नुभएको थियो । कार्ययोजनामा एक महिनाभित्र गर्न सकिने काम, तीन महिनामा गर्न सकिने काम, छ महिनाभित्र गर्न सकिने काम, एक वर्षभित्र गर्न सकिने काम र निरन्तर गर्नुपर्ने कामका ५१ योजना समावेश छन् । कार्ययोजना कार्यान्वयन गर्ने निकाय र कार्यान्वयनका लागि सहयोगी संस्थाबारे पनि प्रतिवेदनमा उल्लेख छ ।

पर्वतीय पर्यटन सुधारका लागि कानुन संशोधन गर्नुपर्ने, पर्यटकको नेपाल बसाइ सुरक्षित बनाउन संकट व्यवस्थापन एकाई स्थापना, ‘एक नेपाली, एक विदेशी साथी नेपाल पठाउने अभियान’ का लागि एनआरएनसँग सम्झौता, काठमाडौंका ऐतिहासिक तथा पुरातात्विक सम्पदा जोड्न सम्पदा मार्ग निर्माण, कोरोनापछि नेपाल सुरक्षित गन्तव्य रहेकोबारे बजारीकरण गर्ने कार्ययोजनामा उल्लेख छ ।

ADVERTISEMENT

त्यस्तै रात्रिकालीन सम्पदा यात्राको सुरुवात, सगरमाथा संवाद पुनः सुरु गर्ने, अन्तरप्रदेश हवाई सेवा विस्तार गर्ने, प्रयोगमा नआएका विमानस्थललाई एयर स्पोर्ट्स एक्टिभिटी सेन्टरका रूपमा विकास गर्ने, महत्वपूर्ण पर्यटकीय स्थलमा राष्ट्रिय सरसफाइ अभियान चलाउने, पर्यटन डिजिटल नक्सा बनाउनेलगायत विषय पनि कार्ययोजनामा रहेका छन् ।

मन्त्री श्रेष्ठले कार्ययोजनाअनुसार काम अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा पर्यटन विभागका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डका प्रतिनिधिका साथै तीनजना विज्ञ सम्मिलित समिति गठन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?