श्रीलंका संकटः प्रदर्शनमा विद्यार्थीको मृत्यु, प्रधानमन्त्रीलाई राजीनामा दिन सर्वदलीय वैठकको आह्वान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

कोलम्बो । श्रीलंकामा सरकारविरोधी प्रदर्शनमा एक विद्यार्थीको मृत्यु भएको छ । प्रदर्शन उग्र भएपछि सरकारले बुधबार राति कर्फ्यु जारी गरेको थियो ।

राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यबहाक बनेका छन् । तर, प्रदर्शनकारीले रनिल विक्रमासिंधेलाई पनि राजीनामा दिन माग गरेका छन् ।

प्रधानमन्त्रीको राजीनामा माग गर्दै बुधबार प्रधानमन्त्री निवास छिर्न खोजेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । केही प्रदर्शनकारी बलपूर्वक प्रधानमन्त्रीको निवासमा प्रवेश गरेका थिए । तर, प्रधानमन्त्री त्यहाँ छैनन् ।

ADVERTISEMENT

विक्रमसिंघेले श्रीलंकामा संकटकाल घोषणा गर्दै सेनालाई शान्ति सुव्यवस्था बहाल गर्न आवश्यक काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री रनिल विक्रमासिंघेले सरकार र विपक्षी दुवैलाई मान्य हुने प्रधानमन्त्री मनोनयन गर्न सभामुख महिन्दा यापा आबेवर्देनालाई जानकारी गराएका छन् ।

राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्स प्रस्थान गरेपछि कोलम्बोमा व्यापक विरोध प्रदर्शन भइरहेकाले श्रीलंकाले बुधबार संकटकाल घोषणा गरेको छ । बढ्दो विरोध प्रदर्शनलाई नियन्त्रण गर्न कोलम्बोलगायत पश्चिमी प्रान्तमा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ।

यसैबीच, बुधबार साँझ बसेको सर्वदलीय वैठकले प्रधानमन्त्री विक्रमासिंघेलाई राजीनामा दिन सुुझाव दिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज