नयाँदिल्ली । भारत सरकारले राजधानी दिल्ली र वित्तिय राजधानी मुम्बइलाई विद्युतीय राजमार्ग बनाउने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका दुई प्रमुख शहरलाई विद्युतीय राजमार्गबाट जोड्ने महत्वाकांक्षी प्रस्ताव अघि बढाउनुभएको हो ।
विद्युतीय राजमार्गमा ट्रली बस, ट्रली ट्रक र विद्युतीय सवारीसाधनमात्रै चलाउन पाइने भएको छ । भारतका केन्द्रीय यातायात मन्त्री नितिन गडकरीले साँढे दुई खर्बको लगानीमा करिब १४ सय किलोमिटर लामो विद्युतीय राजमार्ग बनाउने योजना पुष्टि गर्नुभएको हो ।
बढ्दो वातावरणीय क्षतिलाई न्यून गर्न विद्युतीय सवारीमा जानुको विकल्प नरहेको उहाँँको तर्क छ । भारत सरकारले ठूला सवारी तथा ढुवानीका साधनलाई इथानोल, मेथानोल र हाइड्रोजन ऊर्जा प्रयोगमा प्रोत्साहन गरिने पनि जनाइएको छ । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts