वर्तमान सरकारले जनहितमा काम गरेन : एमाले प्रदेश अध्यक्ष भण्डारी

Read Time = 2 mins

बैतडी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीले वर्तमान सरकार अराजक शैलीमा चलेको बताउनु भएको छ ।

मंगलबार एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बैतडीको जिल्ला अधिवेशन उद्घाटन सत्रको सम्बोधन गर्दै नेता भण्डारीले अहिले सरकार जनविरोधी काम गरिरहेको आरोप लगाउनु भयो ।

प्रतिनिधिसभा सांसद समेत रहनुभएका नेता भण्डारीले भन्नुभयो,‘मन्त्रीले कर्मचारीलाई तथानाम गाली गर्दा उल्टै कर्मचारीलाई कारबाही हुने अवस्था छ । मन्त्रीहरू कमिसनमा रजगज गरिरहेका छन् । प्रदेश सरकारका झ्याल झ्यालमा मन्त्रालय स्थापना भएका छन् । सरकारबाट राज्यको ढुकुटी दुरुपयोग गर्ने काम बाहेक केही भएको छैन । बजेट निर्माणमा दलाल व्यापारीहरूसँग सेटिङ्ग भइरहेको छ । यो अत्यन्तै दुखद छ ।’ ५० को दशकका मुख्य दुस्मन सेरबहादुर देउवा र प्रचण्ड मिलेर सरकार बनाउनु नै देशका लागि दुर्भाग्य भएको उहाँको भनाई छ ।

ADVERTISEMENT

नेता भण्डारीले सुखी नेपाली सम्बद्ध नेपालको सपना पुरा गर्न आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेलाई विजय गराई एमालेको एकल बहुमतको सरकार निर्माणमा भूमिका खेल्न आग्रह गर्नुभयो ।

अनेरास्ववियु जिल्ला संयोजक नरेन्द्र साउदको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र पाल अनेरास्ववियु केन्द्रीय सचिव दिनेश भट्ट, दशरथचन्द नगरपालिकाका मेयर पुष्करराज जोशी लगायतका नेता तथा अखिल आबद्ध विद्यार्थीहरूको सहभागिता थियो ।
सीपी लोहियारन्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?