ज्योति शर्माको नेतृत्वमा प्रवासी नेपाली मञ्च इजरायलको कार्यसमिति चयन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । प्रवासी नेपाली मञ्च इजरायलको दोस्रो राष्ट्रिय अधिवेशन ८ जुलाईमा जूम भर्चुवलबाट सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको अध्यक्षता निवर्तवान अध्यक्ष तिर्थ गौतमले गर्नु भएको थियो भने नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यता भएको थियो ।

विशेष अतिथिको रुपमा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य पूर्व उद्योग मन्त्री तथा प्रतिनिधी सभा सदस्य महेश बस्नेत रहनुभएको थियो भने कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष कमरेड भक्त गुरुङ र सचिव रमेश पाण्डेको अतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

यस्तै अतिथिमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटि सल्लाहकार प्रमुख संजय थापा बिभिन्न रिजनका इन्र्चाचहरूको सहभागिता रहेको थियो ।

उद्घाटन सत्र जुम भर्चुअलमा थियो भने बन्दसत्र तेलभिब को इबा होटलमा रहेको थियो उक्त बन्द सत्रमा सर्बसम्मत ज्योति शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

कार्यसमितिको उपाध्यक्ष गीता सुवेदी, सचिव मिना चुडाल, उपसचिव पायल कटुवाल, उपसचिव शीब राज खड्का, आर्थिक विभाग प्रमुख पार्बती केसी, महिला बिभाग प्रमुख ठुली चन्द्राकला कोयि राई, यूवा संयोजक धीरंद्र कुमार (समिर) प्रधान, सांस्कृतिक बिभाग प्रमुख नवराज वली, प्रचार तथा प्रकासन विभाग प्रमुख रमेश जोशी, सदस्यहरू अना तिमल्सिना, नरेन्द्र लामिछाने, जानु जि. सि, गोबिन्द राजथला, रश्मि राई, ईन्दिरा के.सी , गोमा उप्रेती, सिता कोइराला, इबाकार्की, कबिता श्रेष्ठ , जानुका चापागाई, पबित्रा भण्डारी चयन भएको कुरा नवनिर्वाचित उपसचिव शिवराज खड्काले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज