आजबाट काठमाडौंमा राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । आज (आइतबार)बाट काठमाडौंमा दुईदिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुँदैछ । सम्मेलन काठमाडौंको पशुपतिनाथ क्षेत्रमा सञ्चालन हुने आयोजकले जनाएका छन् ।

राप्रपा नेपाल आबद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा उत्तल सम्मेलन हुन लागेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्ताैलाले जानकारी दिनुभयो ।

जगतगुरु १००८ स्वामी बालसन्त मोहनशरण देवाचार्यलगायत धार्मिक व्यक्तित्वहरूबाट उद्घाटन हुने कार्यक्रम दुई चरणमा सम्पन्न हुनेछ । उद्घाटन सत्रमा ॐ कार परिवार भित्रका हिन्दु, बौद्ध, किरात, शिख र जैनलगायत विभिन्न सम्प्रदायका अगुवालगायत विभिन्न जिल्लाका धार्मिक प्रतिनिधिहरू सहभागी हुनेछन् भने बन्द सत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राडा. जगमान गुरुङ, डा. चन्द्रकुमार शेर्मा, मोहन रुम्बा लामा, धार्मिक अध्येता डा. निर्मला पोखरेल, लेखक विनु पोखरेल, डा. विष्णु भण्डारीले विभिन्न विषयमा कार्यपत्रहरू प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।

ADVERTISEMENT

सम्मेलनले नेपालमा बढिरहेको धर्मान्तरलाई रोक्ने र नेपाललाई हिन्दुराष्ट्रको रूपमा पुनःस्थापना गर्ने मार्गचित्रलगायत विषयहरू पारित गर्ने तयारी रहेको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिनुभयो । आयोजक संस्था राष्ट्रिय सनातन धर्म संस्कृति महासंघका अध्यक्ष ज्योतिष पण्डित सुजन अधिकारीले सम्मेलनमा विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधिहरू, विभिन्न जिल्लाका प्रतिनिधिहरू, हिन्दुत्व अभियानमा जोडिएका धार्मिक अगुवाहरू, लेखक, बुद्धिजीवी, ॐ कार परिवारसंघमा आबद्ध व्यक्तित्वहरूको सहभागिता रहने जानकारी दिनुभयो ।

सम्मेलनमा ‘सनातन हिन्दुराष्ट्र अवधारणा र औचित्य’, ‘सनातन धर्म र सामाजिक सांस्कृतिक विभेद’, ‘वर्तमान अवस्थामा वैदिक सभ्यताको महत्व’ र ‘धर्मान्तरणका चुनौती र समाधानका उपायहरू’ विषयमा कार्यपत्र प्रस्तुत गरिने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताउनुभयो ।

आयोजक समितिको शनिबार बसेको बैठकले पार्टी अध्यक्ष कमल थापालाई अन्तिम तयारीबारे जानकारी दिएको र थापाले व्यवस्थित र प्रभावकारी रूपमा कार्यक्रम सम्पन्न गर्न निर्देशन दिएको ज्योतिष सुनज अधिकारीले बताउनुभयो । सम्मेलन २७ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?