श्रीलंकामा संकट गहिरियो, प्रधानमन्त्री विक्रमासिङ्घेले पनि दिए राजीनामा

Read Time = 2 mins

कोलोम्बो । श्रीलंकाको आर्थिक अवस्थाबाट त्रसित भएका प्रदर्शनकारीले शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको निवासमा कब्जा जमाएका छन्।
यसैबीच राष्ट्रपति राजापाक्षे निवासबाटै भागेका छन् । प्रदर्शनकारीले राजापाक्षेको सरकारी निवासमा समेत तोडफोड गरेका छन् ।

अर्कोतर्फ र्‍यालीका क्रममा श्रीलंकाका प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको छ । जसमा करिब एक सय जना घाइते भएका छन् ।
यसैबीच श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आफ्नो पार्टीका नेताहरूलाई सर्वदलीय सरकार गठनका लागि आफ्नो पदबाट राजीनामा दिन तयार रहेको जानकारी गराएको सञ्चार माध्यमले जनाएका छन् ।

विक्रमासिंघेले सर्वदलीय सरकार गठनका लागि राजीनामा दिन राजी भएको पीएमओले जनाएको छ ।

ADVERTISEMENT

स्थिति नियन्त्रणमा लिन पार्टी नेताहरूको आकस्मिक बैठक बोलाइएको थियो, जसमा नेताहरूले सर्वसम्मतिले राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज