यी हुन् एकीकृत समाजवादी सचिवालय बैठकका निर्णय…

Read Time = 3 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीको तर्फबाट प्रतिनिधि सभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गरेको छ ।

शुक्रवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयो ।

उहाँले बैठकलै सुदूरपश्चिम प्रदेश कमिटी नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा पूर्व सांसद एवं पार्टी केन्द्रिय समितिका सदस्य हर्कबहादुर सिंहलाई जिम्मेवारी दिने निर्णय भएको पनि बताउनु भयो ।

ADVERTISEMENT

प्रवक्ता खतिवडाले बैठकमा पार्टीका आन्तरिक जीवनमा व्यवस्थापन गर्नुपर्ने विषयमा समेत छलफल भएको बताउनु भयो ।
बैठकपछि संक्षिप्त कुराकानी गर्दै पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बैठकमा हालै सम्पन्न केन्द्रिय परिषद्का बैठकले निर्णय गरे बमोजिम पार्टीलाई देशका १६५ वटा संघीय निर्वाचन क्षेत्र र ३३० वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पार्टी संगठन बिस्तार गर्ने, जनवर्गीय संगठनहरु बिस्तार गर्ने र पार्टी संगठनलाई राष्ट्रव्यापीरुपमा बिस्तार गर्ने निर्णय गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हाम्रो सचिवालयको सम्पन्न भयो । यो बैठकमा भर्खरै सम्पन्न केन्द्रिय परिषद्का बैठकले निर्णय गरे बमोजिम हाम्रो पार्टीलाई देशका १६५ वटा नै संघीय निर्वाचन क्षेत्र र ३३० वटा नै प्रादेशिक निर्वाचन क्षेत्रमा व्यापक रुपले पार्टी संगठन बिस्तार गर्ने, जनवर्गीय संगठनहरु बिस्तार गर्ने, पार्टी संगठनलाई राष्ट्रव्यापीरुपमा बिस्तार गर्ने निर्णय गरियो । अब हामी चाँडै नै आम निर्वाचनको दिशातर्फ अघि बढीरहेको हुनाले संघीय निर्वाचन र प्रादेशिक निर्वाचन दुवै निर्वाचनहरु सन्निकट हुँदै गएकोले निर्वाचनको बारेमा पनि व्यापकरुपले तयारी गर्ने कुरालाई पार्टीव्यापी रुपमा अघि बढाउने निर्णय भयो ।’

सम्मानित नेता खनालले मुलुक संघ र प्रदेशको निर्वाचनमय हुन लागेको भन्दै आगामी निर्वाचनका बारेमा तयारी गर्ने कुरालाई पार्टीव्यापी रुपमा अघि बढाउने निर्णय भएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?