काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । जापानको पश्चिम क्षेत्रमा रहेको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको बेला उनीमाथि गोली प्रहार भएको हो ।
सडकमा भाषण गर्दै गर्दा गोली लागेको ठाउँबाट रगत बगिरहेको देखेपछि उनलाई हृदयाघात भएको हुनसक्ने अनुमान गर्दै अस्पताल लगिएको थियो । जापानका मिडियाहरुका अनुसार उनी बेहोस अवस्थामा छन् ।
नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएका आबेको अवस्था गम्भीर रहेको छ । गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेकाे प्रहरीले जनाएको छ ।
https://twitter.com/BNONews/status/1545263324375425027
https://twitter.com/NHKWORLD_News/status/1545259166125654016







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts