विश्वभर १५ करोड मानिस भोकमरीबाट पीडित : संयुक्त राष्ट्रसंघ

Read Time = 2 mins

न्यूयोर्क । कोरोना भाइरस (कोभिड-१९) को महामारी र युक्रेनमा जारी रुसी आक्रमणका कारण विश्वभर भोकमरीबाट पीडित व्यक्तिको संख्या १५ करोडले बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघलले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिएको हो । युक्रेन संकटले आगामी महिनामा झन् नराम्रो बनाउन सक्ने र यसले विश्वभरका सबैभन्दा बढी प्रभावित देशहरूलाई अनिकालतर्फ धकेल्न सक्ने चेतावनी राष्ट्रसंघले दिएको छ ।

प्रतिवेदनअनुसार विश्वभर करिब ८२ करोड ८० लाख मानिस कुनै न कुनै प्रकारको कुपोषणबाट ग्रस्त छन् । यो गत वर्षको तुलनामा चार करोड ६० लाखले बढी र महामारीअघिको संख्याको तीन गुणा हो । ‘आगामी महिनाहरूमा यो संख्या अझ बढ्ने वास्तविक खतरा छ’ संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)का कार्यकारी निर्देशक डेभिड बिस्लेले भन्नुभयो ।

ADVERTISEMENT

‘युक्रेनको संकटको परिणामस्वरूप खाद्यान्न, इन्धन र मलको विश्वव्यापी मूल्यवृद्धिले विश्वभरका देशहरूलाई अनिकालमा धकेल्ने खतरा छ । यसको नतिजा विश्वव्यापी अस्थिरता, भोकमरी र अस्वाभाविक सामूहिक बसाइसराइँ हुनेछ । यो प्रकोप रोक्नका लागि हामीले आज काम गर्नुपर्छ’, उहाँले भन्नुभयो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज