हङकङ दरबार संग्रहालय सर्वसाधारणका लागि खुला

Read Time = 2 mins

बेजिंग । चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर)को ‘वेष्ट काउलुन कल्चरल डिस्ट्रक्ट’स्थित हङकङ दरबार संग्रहालय आइतबारदेखि सर्वसाधारणका लागि खुला भएको छ । सुरुको प्रदर्शनीमा बेइजिङको दरबार संग्रहालयले संकलन गरेको नौ सयभन्दा बढी प्राचीन, सांस्कृतिक तथा सार्वजनिक महत्वका सामग्रीलाई देखाइनेछ । यसमध्ये केही सामग्री हङकङमा पहिलो पटक प्रदर्शन भइरहेका छन् ।

प्रदर्शनीको सुरुको चार हप्ताका लागि करिब एक लाख ४० हजार टिकटमध्ये ८० प्रतिशत टिकट बिक्री भइसकेको संग्र्रहालय प्रशासनले जनाएको छ । हङकङ सरकारको संस्कृति, खेलकुद र पर्यटनमन्त्री केभिन योङले भन्नुभयोे, ‘संग्र्रहालयले चीनको असल इतिहास (कथा) सुनाउन हङकङको आफ्नै सांस्कृतिक विषयबाट पनि लाभ लिनेछ ।’

ADVERTISEMENT

संग्र्रहालयले सामान्य प्रवेशको मूल्य ५० हङकङ डलर (लगभग ६.३७ अमेरिकी डलर) तय गरेको छ भने विशेष प्रदर्शनी टिकट १२० हङकङ डलर (१५.२९ अमेरिकी डलर) तय गरेको छ । संग्रहालय उद्घाटनको पहिलो वर्षका सबै बुधबार सबैका लागि प्रवेश निःशुल्क गरिनेछ । साथै संस्थागत तथा अन्य संगठनहरूले एक लाख ५० हजार सामान्य प्रवेश टिकट कम विशेषाधिकार प्राप्त समूहहरूलाई वितरणका लागि प्रायोजित गर्ने संग्रहालयले बताएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज