संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक दिउँसो १ बजे शुरु हुनेछ ।

प्रतिनिधि सभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पति भएका विनियोजन विधेयक, २०७९, आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चिसौं संशोधन) विधेयक, २०७९ को जानकारी गराउने कार्यतालिका छ ।

त्यस्तै राष्ट्रिय सभामा उत्पति भएका औषधि (तेस्रो संशोधन) विधेयक, २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९, रेल्वे विधेयक २०७९ टेबुल गर्ने कार्यसूची छ ।

त्यस्तै प्रधानमन्त्रीले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷०७८ पेस गर्ने कार्यसूची छ भने कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ र तेजाव तथा अन्य घातक रासयनिक पदार्थ (नियमन) विधेयक २०७९ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

ADVERTISEMENT

त्यस्तै प्रधानमन्त्रीले राष्ट्रिय सभामा उत्पति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ लाई दफाबार छलफलको लागि सम्बन्धित समिति पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै शिक्षामन्त्रीले नै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यस्तै वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले ग्लोवल ग्रिन इन्स्टिच्युट को सहभागितामुलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने र ग्लोवल ग्रिन इन्स्टिच्युट को सहभागितामुलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै राष्ट्रिय सभाको आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले कोभिड-१९ संकट व्यवस्थापन विधेयक २०७८ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?