छोरीको बलात्कार मुद्दामा बयान फेर्ने आमालाई कैद सजाय

सांकेतिक तस्बिर

Read Time = 3 mins

चितवन । बालिका बलात्कारको एक मुद्दामा संरक्षकले बयान फेरेपछि जिल्ला अदालत चितवनले झुटा विवरण लेखाएको भनी पीडितकी आमालाई कैद सजायको फैसला गरेको छ।

तनहुँको देवघाट ३ की ७ वर्षीया बालिकालाई ५८ वर्षका पुरुषले बलात्कार गरेको भनी उनकी आमा शान्ति तामाङले जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दर्ता गराएकी थिइन्। सोही अनुसार अनुसन्धान गरि जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा बालिका बलात्कारको मुद्दा चलायो।

२०७८ चैत ४ गतेको घटना भनेर चैतको ६ गते बालिकाकी आमाले प्रहरीमा उजुरी गरेकी हुन्। उजुरीकै दिन गरिएको बालिकाको स्वास्थ्य परीक्षणले पनि उनीमाथि बलात्कार भएको प्रमाणित गरेको प्रहरीले पेश गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

भरतपुर १ मा पर्ने नारायणी नदीमा नुहाउन गएको बेला आफूलाई बोलाएर एकान्तमा लगी बलात्कार गरेको बालिकाले उल्लेख गरेकी थिइन्। सोही अनुसारको विवरण दिई बालिकाकी आमाले प्रहरीको संरक्षक पत्रमा हस्ताक्षर गरेकी थिइन्।

ADVERTISEMENT

तर, मिसिल अदालत पेश गरेपछिको बकपत्रमा भने उनले प्रहरीमा आफूले झुटो विवरण टिपाएको बनी बयान फेरेकी थिइन्। बालिका बलात्कार जस्तो अति संवेदनशिल मुद्दामा पनि पीडितले झुटो विवरण टिपाएर अदालत, प्रहरी अनि सरकारी वकिललाई उपयोग गर्न खोजेको भनी संरक्षकलाई नै कैद सजायको फैसला गरिएको जिल्ला अदालत चितवनका स्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिनुभयो।

मुलुकी फौजदारी संहिता कार्यविधि २०७४ को दफा ४४ को उपदफा २ (क) ले झुटा कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था गरिएको छ।

सोही व्यवस्था अनुसार ७ वर्षीया छोरीको बलात्कार जस्तो मुद्दामा बयान फेर्ने आमालाई १५ दिनको कैद सजाय फैसला भएको स्रेस्तेदार आचार्यले जानकारी दिनुभयो। अदालतको फैसलासँगै बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका भरतपुर ४ का ५८ वर्षीय नारायण खनालले सफाइ पाएका छन्।

श्रोत: आइएनएस /स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?