जेलबाट भाग्ने प्रयास गर्दा कम्तीमा ५१ कैदीको मृत्यु

Read Time = 2 mins

बोगोटा । दक्षिणपश्चिम कोलम्बियाको एउटा जेलबाट भाग्ने प्रयास गर्दा कम्तीमा ५१ कैदीको मृत्यु भएको छ भने र दर्जनौं घाइते भएका छन् । नेसनल पेनिटेन्सियरी एण्ड प्रिजन इन्स्टिच्युटका प्रवक्ताका अनुसार कम्तीमा ५१ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । भाग्ने प्रयासमा ४९ जनाको घटनास्थलमै र अन्य दुईजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

जेलमा आगो लागेपछि भाग्ने क्रममा उक्त दुर्घटना भएको स्थानीय अधिकारीको भनाई उद्धृत गर्दै क्याराकोल रेडियोले जनाएको छ । विवरण अनुसार ४० जनाभन्दा बढी घाइते भएका छन् । निवर्तमान राष्ट्रपति इभान ड्युकले ट्विट गर्दै मृतकका आफन्तजनप्रति सहानुभूति प्रकट गर्नुभएको छ ।

ADVERTISEMENT

‘जेलमा भएका घटनाहरूप्रति खेद व्यक्त गर्दछौं’, उहाँले भन्नुभएको छ । ल्याटिन अमेरिकामा घातक जेल दंगा बारम्बार हुने गरेका छन् । कोलम्बियाको छिमेकी इक्वेडरमा सन् २०२१ को सुरुदेखि भएका ६ वटा दंगामा झण्डै चार सय कैदी मारिएका छन् ।

कोलम्बिया दक्षिण अमेरिकामा अवस्थित देश हो । यसको राजधानी र सबभन्दा ठूलो शहर बोगोटा हो । कोलोम्बियाको नाम अमेरिकाको पत्ता लगाउनुभएका क्रिस्टोफर कोलम्बसको नामबाट नामाकरण गरिएको हो । यसको उत्तर-पश्चिममा पनामा, उत्तरमा क्यारिबियन सागर, पूर्वमा भेनेजुएला र ब्राजिल, दक्षिणमा इक्वेडर र पेरू, तथा पश्चिममा प्रशान्त महासागर छन् । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज