-विजय रावत
जुम्ला । मनसुन थप सक्रिय हुन थालेपछि जुम्लाका स्थानीय तह विपद् सतर्कता अपनाउनकालागि जुटेकाछन् । साथै, विपद् पूर्वतयारीमा जुट्न स्थानीय तहलाई प्रशासन कार्यालयले आग्रह समेत गरेको छ । प्राकृतिक प्रकोप घटनाबाट हुने क्षति न्युनिकरण तथा छिटो छरितो राहत उद्दार र पुर्नःस्थापनका लागि स्थानीयतह विपद् पुर्वतयारीमा लागी पर्ने याम आएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले जानकारी दिनुभयो ।
जिल्लाका आठवटै पालिकाले आगामी आ.व.को बजेटमा समेत विपद् व्यवस्थापनका लागि न्युनतम १५ लाख देखि ५० लाख सम्म बजेट विनियोजन गरेको स्थानीय तहका प्रमुख बताउँछन् । जिल्ला प्रशासन कार्यालयमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा यहाँका स्थानीय तहका प्रमुख र उपप्रमुखले विपद् जोखिम न्युनिकरणका लागि अन्तरपालिका बीच प्रभावकारी समन्वय र सहकार्य गरिने प्रतिबद्धाता गरेकाछन् ।
पुर्वसूचना प्राप्त, तत्काल जनशक्ति परिचालन, राहत उद्दार तथा पुर्नःस्थापनका लागि अन्तरपालिका बीच हातेमालो हुनु पर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा समन्वय नहुँदा जोखिम न्युनिकरण तथा राहत उद्दारमा ढिलाइ भयो । पूर्वतयारी पनि मजबुद देखिएन । मनसुन भित्रिन थालेकोको छ । योजना सहितको पूर्वतयारीमा सबै स्थानीयतह एकजुट हुनु आबश्यक देखिएको छ ।”
चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायतले विपद् पुर्वतयारीसंगै विपद् प्रतिकार्य योजना निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । खलङ्गामा रहेको जुगाड खोला सरसफाई देखि बाढी पहिरो लगायतका घटनाबाट प्रभावितको राहत उद्दारमा नगरपालिका तयार रहेको प्रमुख कठायतले बताउनुभयो । विपद्बाट हुने जनधनको क्षति कम गर्न स्रोत साधन सहित पुर्वतयारी प्रतिकार्य योजना आबश्यक छ ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले भन्नुभयो,“हिमाले विपद् व्यवस्थापनमा ५ लाख विनियोजन गरेको छ । राहत उद्दार र पुर्नःस्थापनाको नीतिगत व्यवस्थापन हुन जरुरी छ । हिमामा पालिका स्तरीय उद्दार टोली पनि बनाउदै छौ । विपद् व्यवस्थापनको आवश्यकता अनुसार बजेट बढ्ने अध्यक्ष शाहीले बताउनुभयो । विपद्बाट नागरिकलाई जोगाउन स्थानीय तहको प्रमुख दायित्त रहेको यहाँका स्थानीय तहका प्रमुख बताउँछन् ।
५९ लाखको राहत :
जिल्ला प्रशासन कार्यालय जुम्लाले चालु आ.व.मा झण्डै ५९ लाख बढी राहत वितरण गरेको छ । बाढी पहिरो, आगलागी जस्ता विपद्बाट प्रभावित तथा कोभिड प्रभावितहरुलाई प्रशासनले चालु आ.व.मा करिब ५९ लाख ३० हजार बढी राहत वितरण गरेको प्रशासनले जनाएको छ । जिल्लामा चालु आ.व.को हालसम्म बाढी पहिरो र आगलागीमा परी ११ जनाको मृत्यु भएको छ । मृत्यु भएका ११ जनाको घर परिवारलाई प्रशासनको विपद् व्यवस्थापन कोषबाट १९ लाख राहत वितरण गरिएको प्रशासनले जनाएको छ । आगामी दिनमा स्थानीय तहको विपद् प्रतिकार्य योजना बनाउनु अति आश्यक रहेका छ ।
प्रभावकारी समन्वय र उद्दार सामाग्रीको व्यवस्थापन, सचेतना अभिबृद्दि, स्थानीय तहमा एम्बुलेन्स र दमकलको व्यवस्थापन, जनशक्ति परिचालन, विपद् कोष स्थापना गरी कार्यान्वयन गर्ने स्थानीय तहको काम भएको प्रजिअ प्रसाईले बताउनुभयो । भकारी परियोजनाका विपद् सल्लाहकार टिकाराम खड्काले जिल्लाका आठ पालिकामध्ये तिला र तातोपानीको मात्रै आपतकालिन विपद् व्यवस्थापन कोष संचालन कार्यविधि २०७८ बनेको बताउनुभयो ।
अन्य ६ पालिकाको विपद् व्यवस्थापन कोष संचालन कार्यविधि बन्न बाँकी छ । नदी नियन्त्रण रोक्नु पर्ने, डोजरे विकास अन्त्य गर्नुपर्ने, बृक्षारोपण गर्नु पर्ने र विपदमा पूर्वतयारीको ठोस योजना बनाई सतर्क हुनु पर्ने यहाँका सरोकारवालहरु बताउँछन् ।

युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका