अफगानिस्तान भूकम्प पीडितलाई चीनको सहयोग

Read Time = 2 mins

काबुल । अफगानिस्तान भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ । चीनले प्रदान गरेका राहत सामग्रीको पहिलो खेप सोमबार यहाँ आइपुगेको हो । चिनियाँ अधिकारीहरूका अनुसार सहायता सामग्री सोमबार नै अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ ।

पहिलो खेपमा प्राप्त सामग्रीमा त्रिपाल, लत्ताकपडा, खाद्यान्न तथा औषधि छन् । अफगानिस्तानका लागि चीनका राजदूत वाङ युले राहत सामग्री तालिबान सरकारका प्रकोप व्यवस्थापनसम्बन्धी कार्यबाहकमन्त्री गुलाम घवासलाई हस्तान्तरण गर्नुभएको हो ।

ADVERTISEMENT

काबुल विमानस्थलमा नै एक कार्यक्रमको आयोजना गरेर ती सामग्रीहरू हस्तान्तरण गरिएको थियो । त्यस अवसरमा राजदूत वाङले अफगानिस्तानलाई पाँच करोड युआन उपलब्ध गराउने निर्णय चीन सरकारले गरेको जानकारी पनि दिएका थिए । राजदूत वाङले घोषित सहयोगबाट नै राहत सामग्रीको पहिलो खेप प्रदान गरिएको उहाँले बताउनुभयो ।

यही असार ८ गतेको शक्तिशाली भूकम्पमा परी एक हजार एक सय पचासभन्दा बढीको ज्यान गएको र दुई हजारभन्दा बढी घाइते भएका बताइएको छ । अफगान भूकम्प पीडितलाई छिमेकी पाकिस्तान, भारत, युरोपेली संघमा आवद्ध देशका साथै अन्य एशियाली मुुलुकले पनि सहयोग गरिरहेका छन् । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज