बर्दियामा यौन तथा प्रजनन स्वास्थ्य मेलाको आयोजना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

-दीपककुमार शर्मा

बर्दिया । बर्दियामा एकदिने यौन तथा प्रजनन स्वास्थ्य मेलाको आयोजना गरिएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा उक्त मेलाको आयोजना गरिएको हो । जसमा जिल्लाका किशोर किसोरीहरूले फाइदा लिएका छन् ।

किशोर किशोरी बाल्य अवस्थाबाट किशोर अवस्थामा प्रवेश गरेपछि पहिलेको भन्दा फरक किसिमको बानी व्यवहार देखाउन थाल्छन् । कम बोल्ने, अफ्ठेरो मान्ने, भनेको नमान्ने, पढ्न खासै मन नगर्ने, साथीभाइसँग धेरै नजिक हुने, लागुऔषधमा फस्ने पनि हुन सक्छन् साथै किशोर किशोरी अवस्थामा हुने शारीरिक परिवर्तनको समयमा कौतुहलता बढ्ने, विपरीत लिंगप्रति आकर्षित हुने हुँदा त्यस अवस्थामा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी नभएको अवस्थामा बालविवाह हुने देखिन्छ । मेलामा उक्त कुराहरू जानकारी गराइएको थियो ।

ADVERTISEMENT

अधिकांश किशोर किशोरीले आधाभन्दा बढी समय विद्यालयमै बिताएका हुन्छन् भनिएको छ । विद्यालय दोस्रो घर हो । अझ कतिपय विद्यार्थीहरूलाई त होस्टलमा बस्नुपर्ने बाध्यता पनि हुन्छ । कामको फुर्सद नहुँदा अभिभावकले आफ्ना सन्तानलाई समय दिन नसकिरहेको अवस्थामा यौन तथा प्रजनन स्वास्थ्य मेलाले ठूलो ज्ञान दिन मद्दत गरेको नेरामाविका शिक्षक गीता खड्काले बताउनुभयो ।

किशोर अवस्थाका केटाकेटीहरूमा शारिरिक जन्य परिवर्तन, मनोसामाजिक परिवर्तन, संवेगात्मक परिवर्तन हुने गर्दछ र त्यस किसिमको परिवर्तनले विद्यार्थीहरूको शिक्षण सिकाइ परिवर्तनमा प्रत्यक्ष प्रभाव पार्ने हुँदा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक वामदेव ढकालले जानकारी दिनुभयो ।

विश्वमा हरेक वर्ष एक करोड ६० लाख किशोरीहरूले बच्चा जन्माउँछन् भने करिब ३० लाख किशोरीहरूले असुरक्षित गर्भपतन गराउँदछन् । नेपालको जनसंख्यामध्ये ३४ प्रतिशत युवा किशोर किशोरीहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?