एजेन्सी । दक्षिण अफ्रिकाको दक्षिणी शहर इष्ट लण्डनमा रहेको एक नाइटक्लबमा कम्तीमा १७ युवा मृत अवस्थामा फेला परेका छन् । यति धेरै युवाको मृत्युको कारणबारे कुनै जानकारी आएको छैन । यद्यपि स्थानीय सञ्चारमाध्यममा विष सेवन वा भागदौडका कारण मृत्यु भएको दाबी गरिएको छ । केही सञ्चारमाध्यममा भने मृत्यु हुनेको संख्या २२ सम्म रहेको बताइएको छ ।
नाइट क्लबका केही तस्वीरहरू सामाजिक सञ्जालमा पनि शेयर भइरहेका छन्, जसमा युवाहरू टेबुलमा लडिरहेका देखिएका छन् भने केही घाइतेसमेत भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार एक आममानिसले यस विषयमा प्रहरीलाई जानकारी गराएको बताइएको छ । मृत्यु हुनेमा अधिकांश १८ देखि २० वर्ष उमेर समूहका युवा रहेका जनाइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts