-ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीमा शनिबार रातीको भिषण वर्षासंग रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ ।
बाढीले राहुघाट जलविद्युत आयोजनाको ड्याम साइडमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर स्काभेटर बगाएको हो ।
४० मेगावाट क्षमताको राहुघाट जलविद्युतको बाँध रघुगंगा–४ मा निर्माणधिन अवस्थामा छ । मुक्तिनाथ बगैंचा निर्माण सेवाको ग १ क ५३३८ नम्बरको होन्डाई स्काभेटर नदीले बगाएर करिब २० मिटर तल पु¥याउँदा स्काभेटरको महत्वपूर्ण पाठपूर्जा र मेसिनमा ठूलो क्षति भएको कम्पनीका सञ्चालक श्यामनन्द शर्माले जानकारी दिनुभयो ।
पार्किङको लागि बनाइएको ठाउँमा लगाइएको ग्याविन जालीसँगै नदीको आएको बाढीले डोजर बगाएको हो ।
रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगायो
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






