मदन भण्डारीको जन्मजयन्तीमा साताव्यापी कार्यक्रम

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाण्डौं । जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले साताव्यापी विविध कार्यक्रम सुरु गरेको छ ।

नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको यही असार १४ गते पर्ने जन्मदिनका अवसरमा फाउण्डेशनले आजदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको फाउण्डेशनका सचिव पेम्बा लामाले जानकारी दिनुभयो । नेता भण्डारीको विचार ‘जनताको बहुदलीय जनवाद’ र उहाँको व्यक्तित्वका अनेक पक्षलाई फाउण्डेशनले उजागर र प्रवर्द्धन गर्दै आएको छ ।

सचिव लामाका अनुसार साताव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार मदन भण्डारी कलेजमा छलफल शृङ्खला र रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी हुनुभएको थियो ।

ADVERTISEMENT

यस्तै आज कीर्तिपुरमा प्राज्ञिक अन्तरसंवाद, असार १२ गते सञ्चारकर्मीसँग अन्तकृया, १३ गते नेपालमा सडक सुरक्षाबारे संवाद, १४ गते राष्ट्रिय सभागृहमा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा मूल समारोहको कार्यक्रम एवं मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण, १५ गते राष्ट्रिय गीत तथा ‘श्वेतशार्दुल’को पाँचौँ अङ्कको सार्वजनिकरण तथा असार १६ गते ज्येष्ठ कम्युनिष्टलाई सम्मानको कार्यक्रम तय गरिएको छ ।

विसं २०५० जेठ ३ गते भण्डारी र सङ्गठन विभागका तत्कालिन प्रमुख जीवराज आश्रितको पोखराबाट चितवनको कार्यक्रममा जाने क्रममा दासढुङ्गामा जीप दुर्घटनामा परी निधन भएको थियो ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?