टेलिकमले इन्टरनेट शुल्क घटायो

Read Time = 2 mins

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको महसुलदर घटाएको छ । असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महसुलदर ३६ प्रतिशतसम्म घटाएको हो ।

इन्टरनेट लिज लाइनअन्तर्गत एकदेखि २० एमबिपिएस ब्यान्डविथको महसुलदर पहिले दुई हजार पाँच सय रहेकोमा अब एक हजार छ सयमात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबिपिएसको महसुलदर पनि दुई हजार तीन सयबाट घटाएर एक हजार छ सय रुपैयाँ नै कायम गरेको छ ।

ADVERTISEMENT

५१ देखि सय एमबिपिएस र सय एमबिपिएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल क्रमशः दुई हजार एक सय र एक हजार नौ सय रहेकोमा अब दुवैको महसुलदर एक हजार पाँच सय रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

इन्ट्रानेट लिज लाइनअन्तर्गत एकदेखि १० एमबिपिएस ब्यान्डविथको महसुल दुई हजार सात सय रहेकोमा अब दुई हजार चार सय, ११ देखि सय एमबिपिएसको दुई हजार चार सय रहेकोमा दुई हजार एक सय र सय एमबिपिएसभन्दा बढीको दुई हजार एक सय रहेकोमा अब एक हजार आठ सय रुपैयाँ कायम गरिएको कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज