यांगुन । भ्रष्टाचारको आरोपमा राजधानी नेपिटोमा सेनाले बनाएको जेल परिसरमा नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीलाई एकान्त कारावासमा सारिएको छ । आपराधिक कानुन बमोजिम उहाँलाई बुधबारदेखि एकान्त कारागारमा राखिएको सैनिक सरकारका प्रवक्ता जाव मिन तुनले बताउनुभएको हो ।
सेनाले रक्तपातविहीन विप्लवबाट सत्ता हत्याएपछि सन् २०२१ को फेब्रुवरीयता सुकीलाई सैनिक सरकारले घरमै नजरबन्दमा राखेको थियो भनेपछि नेपिटोको कारागारमा बन्दी बनाएको थियो ।
लोकतन्त्रका निम्ति गरेको अनवरत संघर्षका निम्ति नोबेल शान्ति पुरस्कार पाउनुभएकी ७६ वर्षीया सुकीमाथि सैनिक सरकारले मतदानमा धाँधली गरेको, वाकीटकी रेडियो सेट घरमा राखेको र कोरोनासम्बन्धी नियम तोडेकोलगायत विभिन्न आरोप लगाएको थियो । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts