कञ्चनपुरमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–७ मा आज बिहान बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट कंचनपुरको शुक्लाफाँटा नगरपालिका–६ झलारीकी ३० बर्षीया विमला देवी जोशीको मृत्यु भएको हो ।

जोशी सवार साइकललाई ना ४ ख ८०७७ नम्बरको बसले आज बिहान ९ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएकी जोशीलाई उपचारको लागी महाकाली प्रादेशिक अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको थियो ।

ADVERTISEMENT

बस चालकलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *