साउनदेखि सवारीसाधन आयात खुल्ने

Read Time = 2 mins

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निजी सवारीसाधन आयातमा लागेको प्रतिबन्ध खुलाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको ध्यानाकर्षण गराएको छ । नाडा अध्यक्ष धु्रव थापा नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी सरकारले कार, जिप र भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध खुला गर्न माग गरेको हो ।

सो अवसरमा अध्यक्ष थापाले देशको वर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै निजी प्रयोजनका कार, जिप र भ्यानलाई आगामी असार मसान्तसम्मका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना प्रकाशित गरी आयातमा लगाएको प्रतिबन्ध तत्काल खारेज गरी अटोमोबाइल व्यवसायीलाई आफ्नो व्यवसाय गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।

ADVERTISEMENT

बैंक तथा वित्तीय संस्थामा तरलता अभाव, एलसी मार्जिनमा गरिएका वृद्धि, जोखिम भार व्यवस्थापनमा दोब्बर वृद्धिजस्ता विषयले विगत आठ महिनादेखि अटोमोबाइल व्यवसायमा ८० प्रतिशतभन्दा बढीले कमी आएको भन्दै अध्यक्ष थापाले उद्योगमन्त्रीको ध्यानाकर्षण गराउनुभएको नाडाले जनाएको छ ।

मन्त्री बडूले कार, जिप र भ्यानजस्ता निजी सवारी आयातमा लागेको प्रतिबन्ध साउनदेखि खुल्ने जानकारी दिनुभएको छ । सो अवसरमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, सदस्य आकाश गोल्छालगायतको उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?