किभ । युक्रेन र रुसबीच भइरहेको युद्धको चीनले तेल आपूर्तिमा फाइदा लिरहेको छ। हाल रुसको तेल सबैभन्दा धेरै आपूर्ति गर्नेमा चीन रहेको छ।
युक्रेन युद्धमा लगाइएका प्रतिबन्धका बीच बेइजिङलाई सहुलियतमा कच्चा तेल बेच्दा रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको हो। रुसी तेलको आयात एक वर्ष अघिको तुलनामा मे महिनामा रेकर्ड स्तरमा ५५ प्रतिशतले बढ्यो। जसले साउदी अरबलाई चीनको सबैभन्दा ठूलो प्रदायकको रूपमा विस्थापित गर्यो।
भन्सार तथ्यांकले उक्त जानकारी दिएको हो । युक्रेनमाथि आक्रमण गरेपछि मस्कोमाथिको प्रतिबन्धबीच मे महिनामा रुसबाट चीनको तेलको आयात ५५ प्रतिशतले बढाएको तथ्यांकले देखाएको छ ।
मे महिनामा चीनले रुसबाट करिब ८ दशमलब ४२ मिलियन टन तेल आयात गरेको थियो । पश्चिमा देशले जस्तो बेइजिङले रुसी हमलाको निन्दा गरेका छैन् ।
यसै वर्षको फेब्रुवरीमा चीन र रुसले दुई देशबीचको मित्रताको कुनै सीमा नभएको जनाएका थिए ।
यसबाहेक चिनियाँ राष्ट्रपति सी जिनपिङले गत हप्ता आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई बेइजिङले मस्कोको ‘सार्वभौमिकता र सुरक्षा’लाई समर्थन गर्ने आश्वासन दिएका थिए ।
रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमा राष्ट्रहरूले मस्कोमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् ।
यसभन्दा अघि साउदी अरबको तेल सबैभन्दा धेरै आपूर्ति गर्नेमा चीन थियो। तर हाल भने चीनले रुसबाट सस्तोमा तेल खरिद गर्न पाएपछि रुसको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको हो।
गत हप्ता सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लिन एयर थिंक ट्याङ्क (सीआरईए)को प्रतिवेदनले रुसले युक्रेनमाथि आक्रमण गरेको पहिलो १०० दिनमा निर्यातमा कमी आए पनि मे महिनामा इन्धन निर्यातबाट करिब १०० अर्ब डलर राजस्व कमाएको छ। एजेन्सी







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts