तस्करी गरेको अभियोगमा अमेरिकी शिक्षकलाई रुसमा १४ वर्ष जेल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

मस्को
एक रुसी अदालतले एक अमेरिकी पूर्वकूटनीतिज्ञलाई ‘ठूलो मात्रामा’ भांग तस्करी गरेको अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको छ । मार्क फोगेलले यसअघि मस्कोस्थित अमेरिकी दूतावासमा काम गरेका थिए । तर, उनी पक्राउ पर्दा अंग्रेजी शिक्षकको रूपमा कार्यरत थिए ।

फोगेललाई अमेरिकी बास्केटबल स्टार ब्रिटनी ग्रिनरविरुद्ध गाँजासम्बन्धी मुद्दाको सुनुवाइ भइरहेको क्षेत्राधिकारमा सजाय सुनाइएको थियो ।

ADVERTISEMENT

अमेरिकाका धेरै भागहरूमा भांगलाई कानुनी मान्यता दिइएको छ । तर, रूसमा अवैध मानिन्छ । ‘अमेरिकी नागरिक फोगेल दोषी पाइयो’, मस्को उपनगर खिम्कीको एउटा अदालतले एक विज्ञप्तिमा भन्यो ।

अंग्रेजी शिक्षकले व्यावसायिक उद्देश्यबिना लागूपदार्थको ठूलो मात्रामा अवैध भण्डारणको अतिरिक्त ठूलो मात्रामा लागूपदार्थको तस्करी गरेको विज्ञप्तिमा भनिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?