काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले आज आफ्नो ३२औँवार्षिकोत्सवका उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरी मनाएको छ ।
शुक्रबार आफ्नो ३२औँ वार्षिकोत्सवको अवसरमा आनले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सचिवालय भवन सानो खरिवोट शान्तिनगरमा रक्तदान कार्यक्रम आयोजना गरी मनाएको हो ।
रक्तदान कार्यक्रममा आनका वर्तमान तथा संघका पुर्व पदाधिकारी, सदस्य एजेन्सी र विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको पनि उपस्थिति थियो ।
उक्त रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत संकलन भएको आनले जनाएको छ ।






