सेभेरोदोनेत्स्कमा हजारौं सर्वसाधारण फसेः राष्ट्रसंघ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

न्युयोर्क । युक्रेनी सहर सेभेरोदोनेत्स्कमा हजारौं नागरिक अत्यावश्यक आपूर्तिको अभावमा फसेका संयुक्त राष्ट्रसंघले जनाएको छ । तिनीहरूमध्ये धेरैले शहरको एजोट रासायनिक प्लान्ट मुनि बंकरहरूमा आश्रय लिइरहेका छन् ।

शहर बाहिर जाने अन्तिम पुल यस हप्ताको सुरुमा लडाइँमा ध्वस्त भएको थियो । जसका कारण सहरका १२ हजार बासिन्दा त्यहाँ फसिरहेका छन् ।
सेभेरोदोेनेत्स्क कब्जा गर्नु रसियाको लागि शीर्ष सैन्य लक्ष्य भएको छ । रुसी सेनाले शहरको अधिकांश भाग नियन्त्रण गरेको छ ।

ADVERTISEMENT

‘पानी र सरसफाइको अभाव ठूलो चिन्ता हो । यो हाम्रो लागि ठूलो चिन्ताको विषय हो किनभने मानिसहरू पानीबिना लामो समयसम्म बाँच्न सक्दैनन्’, राष्ट्र संघको मानवीय मामिला कार्यालयका प्रवक्ता सभियानो एब्रेउले भने ।

संयुक्त राष्ट्रले सहरमा फसेकाहरूलाई सहायता प्रदान गर्ने आशा राखेको छ । तर, निरन्तर लडाइँका कारण आफ्ना निकायहरु महिला, केटाकेटी र वृद्धसहित अझै पनि त्यहाँका नागरिकहरूमा सुरक्षित रूपमा पहुँच राख्न नसकेको राष्ट्रसंघले जनाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज