थाक्रे । धादिङको थाक्रेमा बस र ट्याक्सी आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। काकड्भित्ताबाट काठमाडौं आउँदै गरेको बस र काठमाडौंबाट मनकामना जाँदै गरेको ट्याक्सी आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा टयाक्सीमा सवार चार जना घाइने भएका हुन् । उनीहरूको गल्छिस्थित अम्बिभरोसा हस्पिटलमा सामान्य उपचार पछि काठमाडौं लगिएको छ।
बसले ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। बसलाई सिम्ले चौकीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ।






