श्रीलङ्काले अर्को महिनादेखि इन्धनमा साप्ताहिक कोटा छुट्याउने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

कोलम्बो । श्रीलङ्काले अर्को महिनादेखि इन्धनमा साप्ताहिक कोटा छुट्याउने भएको छ । विदेशी मुद्रा अभावका कारण पेट्रोलियम पदार्थ आयात गर्न नसकिरहेको श्रीलङ्काले इन्धनको आयातलाई नियन्त्रण गर्नका लागि साप्ताहिक कोटा निर्धारण गर्न लागेको श्रीलङ्काका ऊर्जामन्त्री कंचना विजयशेखरलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

विद्युत र खाना पकाउने ग्यासको अभावका कारण अहिले श्रीलङ्कामा पेट्रोलियम पदार्थको माग अत्यधिक बढेको छ । सीमित पम्पबाट उपलब्ध गराइएको पेट्रोलियम पदार्थ किन्न मानिसहरू घण्टौँ लाइन बस्ने गरेका छन् ।

ADVERTISEMENT

अब सबै ग्राहकको नाम पेट्रोल पम्पमा दर्ता गरेर साप्ताहिक कोटाअनुसार मात्रै उपलब्ध गराइने र कस्ता ग्राहकलाई कति उपलब्ध गराउने भन्नेबारे छलफल भइरहेको मन्त्री विजयशेखरले बताउनुभएको छ ।

उहाँले अब देशको आर्थिक अवस्था सुधारिएर सही ठाउँमा नआएसम्म इन्धनमा साप्ताहिक कोटा कायम रहने पनि बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । आर्थिक सङ्कटका कारण श्रीलङ्कामा इन्धन, खाद्यन्न तथा औषधिको अभाव छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज