गाउँपालिकाका इञ्जिनियरमाथि हातपात गर्ने दुई जना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

-डम्मर बुढा मगर

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाका इञ्जिनियरमाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रसेवक कर्मचारीको कामकाजमा बाधा अवरोध सिर्जना गरेको तथा हातपात गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

तमानखोला गाउँपालिका-१ का २९ वर्षीय महेन्द्र थापा र २८ वर्षीय होमलाल रोकालाई प्रहरीले नियन्त्रणमा लिएको हो । तमानखोला गाउँपालिका-१ मा रहेको बुद्ध आधारभुत विद्यालयको भवन निर्माणको विषयलाई लिएर उनीहरूले गत जेठ १४ गते गाउँपालिकाका इञ्जिनियर अर्जुन कुमार यादवलाई गालिगलौज गर्दै हातपात गरेका थिए ।

ADVERTISEMENT

नियन्त्रणमा लिईएका दुवै जना विरुद्धमा सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

चौतर्फि दबावपछि प्रहरीले घटना भएको १२ दिनपछि उनीहरूलाई पक्राउ गरेको हो । घटनापछि दुवै जना फरार रहेकाले पक्राउ गर्न समय लागेको प्रहरी नायव उपरीक्षक रानाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *