गुल्मी । गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एकजना पत्रकारको मृत्यु भएको छ।
धुर्कोट गाउँपालिका–४ जैसीथोकका ३४ वर्षीय घनश्याम पोखरेलको मंगलबार मृत्यु भए गुल्मी प्रहरीले जनाएको छ। उहाँ आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपको रूखबाट लड्नुभएको थियो ।
उपचारका लागि गुल्मी अस्पतालमा ल्याए पनि अस्पतालले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
उहाँ नवलपरासीस्थित रेडियो दौतरीका स्टेसन म्यानेजर तथा प्रेस सेन्टर नवलपरासीका अध्यक्ष हुनुहुन्थ्यो। भेटघाटका लागि पाँच दिनअघि पोख्रल घर पुग्नéएको थियो ।






