-प्रकाश न्यौपाने
नवलपरासी । पश्चिम नवलपरासीमा शनिबार राति भएको सवारी दुर्घटनामा परि फुलकुमारी थारुको निधन भएको छ ।
बर्दघाट नगरपालिका- १४ गंगा बस्तीस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको लु ३३ प ५३७४ नं. को मोटरसाइकलले ठक्कर दिँदा ५५ बर्षीया थारुको मृत्यु भएको हो ।
टाउकोमा गम्भीर चोट लागेको उहाँको सामुदायिक अस्पताल चौपत्तामा सामान्य उपचार गरी थप उपचारका लागि जेनस अस्पताल बुटवलको रिफर गरिएकोमा बाटोमा मृत्युभएको प्रहरीले जनाएको छ ।






