रात्रीबस दुर्घटनामा ३४ जना घाइते

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

भैरहवा । भैरहवा-परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खसेको छ । आज बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा बसमा रहेका ३४ जना यात्रु घाईते भएका छन ।

जनकपुरबाट भैरहवा तर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेको थियो । घाइतेहरूको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचारको लागि भर्ना गरिएको छ ।

दुर्घटनाबारे थप अपडेट आउन बाँकी रहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिनुभयो । उहाँले प्रहरीले बसलाई निकालेको र घाईतेको उद्दार गरि अस्पताल पुर्याउने काम भएको बताउनुभयो ।

ADVERTISEMENT

चालक निदाएका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । मोडमा रहेको पुलका कारण पनि बस दुर्घटनामा पर्ने गरेका छन् ।

घाइतेमध्ये दुई जना बालक र तीन जना महिला रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *