न्युयोर्क । पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तर यस वर्षको मे महिनामा रेकर्ड बृद्धि भएको छ ।
नेसनल ओसो निक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) द्वारा हालै जारी गरिएको तथ्यांकअनुसारकार्बन डाइअक्साइडको स्तर औद्योगिक क्रान्ति अघिको तुलनामा हाल ५० प्रतिशतभन्दा भन्दा बढी छ ।
अमेरिकाको हवाईको मौना लोआ ज्वालामुखीमा एनओएएको मौसम स्टेसनमा मापन गरिएको कार्बन डाइअक्साइड मे महिनामा उच्च विन्दुमा पुगेको वैज्ञानिकहरूले ३ जुनमा घोषणा गरेका थिए ।
संसारभरका पावर प्लान्टहरू, अटोमोबाइलहरू, फार्महरू र अन्य स्रोतहरूले ठूलो मात्रामा कार्बन डाइअक्साइडलाई वायुमण्डलमा फाल्दा ग्यासको मात्रा अत्यधिक बढेको छ । सन् २०२१ मा कुल ३६ दशमलब ३ अर्ब टन उत्सर्जन भएको थियो , जुन मानव इतिहासमै उच्चतम स्तर हो ।
‘विज्ञान अकाट्य छ । मानिसहरूले हाम्रो अर्थतन्त्र र पूर्वाधारले अनुकूलन गर्नुपर्ने तरिकामा हाम्रो जलवायु परिवर्तन गरिरहेका छन्’, एओएएका प्रशासक रिक स्पिनराडले भने ।
उनले अगाडि थपे, ‘हामी हरेक दिन हाम्रो वरपर जलवायु परिवर्तनको प्रभावहरू देख्न सक्छौं। मौना लोमा मापन गरिएको कार्बन डाइअक्साइडको निरन्तरको बृद्धिले हामीले अझ बढी जलवायु तयार राष्ट्र बन्नको लागि तत्काल, गम्भीर कदम चाल्नु आवश्यक छ ।’ एजेन्सी







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts