युक्रेन भन्छ- आफ्नो देशको २० प्रतिशत भू-भाग रुसी फौजको नियन्त्रणमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको २० प्रतिशत भू-भाग रुसी फौजको नियन्त्रणमा पुगेको बताउनुभएको छ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार त्यो बेल्जियम, लक्जम्बर्ग र द नेदरल्याण्ड्सको कुल क्षेत्रफल भन्दा धेरै हो । लक्जम्बर्गको संसदलाई सम्बोधन गर्दै जेलेन्स्कीले लगभग १ लाख २५ हजार वर्ग किलोमिटर क्षेत्र यतिखेर मस्कोको हातमा पुगेको बताउनुभयो। त्यसमा सन् २०१४ मै रुसको बलमा लडेका फौजहरूले कब्जा गरेका क्राइमिया र पूर्वी युक्रेनका केही भागको समेत गणना गरिएको छ।

ADVERTISEMENT

पूर्वी युक्रेनमा रुसी सेनाले सबै दिशाबाट आक्रमण गरिरहेको छ। यतिखेर सेभेरोडोनेट्स्क शहरमा लडाई तीव्र भएको छ।जसको धेरै जसो भाग रुसी फौजको नियन्त्रणमा पुगेको छ। सम्बोधनकै क्रममा जेलेन्स्कीले ३० हजार भन्दा धेरै रुसी सैनिकहरूले यस युद्धमा ज्यान गुमाएको दावी गर्नुभयो। दावी गरिएको यो संख्या १९७९ देखि अफगानिस्तानमा एक दशक चलेको युद्ध र ९० को दशकमा भएका दुई चेचेन युद्धको क्षति भन्दा धेरै हो।

रुसले भने अहिलेसम्म युक्रेनमा एक हजार तीन सय भन्दा धेरैको ज्यान गएको विवरण दिएको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज