नयाँ दिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात आइतबार मध्यरातिसम्म दुई हजार ७०६ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ५५ हजार ८२० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २५ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ६११ पुगेको छ । यस समयमा भारतमा ६११ सक्रिय सङ्क्रमित संख्या बढेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १७ हजार ६९८ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।
चौविस घण्टाको समयावधि अर्थात आइतबार मध्यरातिसम्म दुई हजार ७० कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २६ लाख १३ हजार ४४० लाई कोरोना सङ्क्रमण निको भएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts