महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान हो : मन्त्री भुसाल

Read Time = 3 mins

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा एक्पोज नेपालले आज यहाँ आयोजना गरेको जनचेतनामूलक साइकल यात्रा समापन गर्दै उहाँले विगतमा जनचेतना नहुँदा महिलाले विभेद भोग्नुपरेको उल्लेख गर्नुभयो ।

मन्त्री भुसालले महिलाको स्वास्थ्यमा सबै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । “महिलाको जैविक बनावटको सम्मान गरौँ, महिला स्वाथ्यका विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यक छ”, उहाँले भन्नुभयो, “यो गर्वको कुरो हो तर पाप र अपराध होइन, महिलाको मातृत्व क्षमताको पहिचान हो ।”मन्त्री भुसालले महिनावारीका समयमा महिलालाई सफा र स्वच्छ राख्नुपर्ने भएकाले त्यसका लागि सफा, स्वच्छ, पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले समाज विकासका क्रममा महिलाका विषयमा पनि चेतनास्तर बढ्दै गएकाले अबका दिनमा चेतनास्तर प्रवद्ध्र्रन गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो।

ADVERTISEMENT

आयोजक संस्थाका अध्यक्ष ज्ञान महर्जनले नेपाली महिला महिनावारीका समयमा विभेदको सिकार हुने भएकाले महिनावारी हुँदा गरिने विभेद हटाउन सके हिंसा न्यूनीकरण हुने बताउनुभयो ।
बिहान वसन्तपुरबाट सुरु भएको साइकल ¥याली जमल, दरबारमार्ग, पुतलीसडक, अनामनगर, बिजुलीबजार, माइतीघर मण्डला, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मङ्गलबजारस्थित दरबार स्क्वायर पुगेर समापन गरिएको थियो । ¥यालीमा ३०० भन्दाबढी व्यावसायिक साइकलयात्रीको सहभागिता थियो ।

पुनःप्रयोग गर्न मिल्ने प्याड र वातावरणमैत्री साइकलको सम्बन्ध मानव स्वास्थ्य र स्वच्छ वातावरणका हिसावले महत्वपूर्ण रहेको सन्देश दिन उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
एक्सपोज नेपालले सन् २००७ देखि नेपालमा महिलामाथि हुने सबैखाले हिंसाविरुद्ध र महिनावारी स्वच्छताका क्षेत्रमा काम गरिरहेको छ । उक्त संस्थाले चार हजार ९०० महिलालाई पुनःप्रयोग गर्न मिल्ने प्याड बनाउने तालिम दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?