मन्त्री बडूको असंसदीय शब्द हटाउन सभामुखले निर्देशन दिएसँगै सुरू भयो संसद बैठक

Read Time = 1 min

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार बिहान बसेको संसद बैठकमा बोल्दा प्रयोग भएको संसदीय शब्द हटाउन निर्देशन दिइएको छ ।

शुक्रबारको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले सरकार कमिसनमा अल्झेको भन्दै लगाएको आरोप खण्डन गर्नेक्रममा मन्त्री बडूले दिएको अभिव्यक्तिमा असंसदीय शब्द प्रयोग गरेको भन्दै एमाले सांसदले नियमापत्ति जनाएका थिए । त्यसपछि बैठक चल्न नसकेपछि स्थगित गरिएको बैठक फेरि सुरु भएको छ ।

ADVERTISEMENT

शुक्रबारको दोस्रो बैठक सुरु भएलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बडूको अभिव्यक्तिमा प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिनुभयो ।

उक्त निर्देशनपछि बैठक जारी छ । अहिले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बोलिरहनु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?