पराजयको जिम्मा लिँदै विवेकशील साझाका अध्यक्ष मिश्रद्वारा पदबाट राजीनामा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल नगरेपछि मिश्रले बुधबार राजीनामा दिनुभएको हो । निर्वाचनमा प्राप्त परिणामको भने उहाँले जिम्मेवारी लिनुभएको छ । ‘स्थानीय निर्वाचनमा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ,’ राजीनामा पत्रमा उहाँले भन्नुभएको छ, ‘गत पाँच वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निःस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।’ अध्यक्षबाट राजीनामा दिनुभएका मिश्रले पार्टीको साधारण सदस्य मात्रै रहने बताउनुभएको छ ।

पार्टीका उम्मेदवारहरू ‘इमानदार र सक्षम’ हुँदाहुँदै पनि राम्रो नतिजा हासिल गर्न नसकेको उहाँको भनाइ छ । विवेकशील साझा पार्टीले यसपटक बाराको फेटा गाउँपालिकामा अध्यक्षसहित केही वडामा मात्र जित हात पारेको छ । विवेकशीलले काठमाडौं र भरतपुरसहित अधिकांश ठाउँमा उम्मेदवारी दिएको थियो ।

ADVERTISEMENT

पाण्डेमाथिको कारबाही फुकुवा गर्न आग्रह
अध्यक्षबाट राजीनामा दिनुभएका मिश्रले पार्टीका तत्कालीन संयोजक मिलन पाण्डेलगायत नेताहरूलाई गरिएको कारबाही फिर्ता लिन आग्रह गर्नुभएको छ । मिश्रले केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिलाई कारबाही फिर्ता लिन आग्रह गर्नुभएको हो ।

पार्टीलाई अगाडि बढाउने विषयमा केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षा गरी निर्णय लिने पनि उहाँको अपेक्षा छ । ‘मैले प्रस्तुत गरेको ‘विचारभन्दा माथि देश’ दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णयविरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजकलगायत कतिपयलाई कारबाही गरिएको थियो,’ उहाँले भन्नुभएको छ, ‘सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु । त्यस्तै, दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिनुभएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *