ओटावा । क्यानाडामा आँधीबाट कम्तीमा पनि १० जनाको निधन भएको छ । क्यानाडाको ओन्टरियो र क्वेबेकमा आँधी आएको बताइएको थियो । सो आँधीबाट आइतबार र सोमबार १० जनाको ज्यान गएको हो । यहाँ प्रतिघण्टा १२० किलोमीटरको गतिमा आँधी आएको थियो । त्यस आँधीमा परेर यहाँका भौतिक संरचना पनि भत्किएका छन् ।
अधिकारीहरूका अनुसार आँधीमा परेर दशौं हजार मानिस विद्युतविहीन भएर बसेका छन् । क्यानाडाको धेरै जनसंख्या भएको शहर मानिने ओन्टोरियोमा आँधीले रूखहरू ढालेको छ भने यहाँको विद्युत् आपूर्तिमा क्षति पुर्याएको बताइएको छ ।
ओन्टोरियाको विद्युतीय आपूर्ति बन्द हुँदा यहाँका कम्तीमा पनि तीन लाख ८० हजार जति नागरिक अँध्यारोमा परेका बताइएको छ । आँधीका कारण यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । यहाँ सन् १९९८ पछि यो पहिलो पटक आँधीले यति धेरै असर पारेको बताइएको छ । एजेन्सी







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts