‘दिगो विकासका लक्ष्य हासिल गर्न नयाँ औद्योगिक क्रान्ति अपरिहार्य’

Read Time = 2 mins

सियामेन । उदीयमान अर्थतन्त्रका रूपमा विश्वमा परिचय बनाएका ब्राजिल, रुस, भारत, चीन र दक्षिणअफ्रिका प्रमुख सदस्य रहेको समूह (ब्रिक्स) का उद्योग मन्त्रीहरूले दिगो विकासका लक्ष्य हासिल गर्न नयाँ औद्योगिक क्रान्ति अपरिहार्य भएको बताउँदै त्यस निम्ति पारस्परिक एवं नवप्रवर्तनयुक्त सहयोगलाई अझ सुदृढ तुल्याउन आहृवान गरेका छन् ।

भिडियो लिंकमार्फत सम्पन्न ब्रिक्स उद्योग मन्त्रीहरूको छैटौं बैठकमा उनीहरूले स्थिर, सुरक्षित, खुला, निष्पक्ष, जीवन्त र लचिलो वातावरण सिर्जना गर्दै औद्योगिक सहयोगलाई अझ सुदृढ तुल्याउन तथा अर्थतन्त्रको पुनरुत्थान अभिवृद्धि गर्न त्यस्तो आहृवान गरेका हुन् ।

ADVERTISEMENT

विश्वले बितेको एक शताब्दीमा कहिल्यै नदेखिएको महामारीको सामना गर्नुपरेको यथार्थ प्रस्तुत गर्दै चीनका उद्योग तथा सूचना प्रविधि मन्त्री सियाओ याछिङले चिनियाँ सरकारले महामारीविरुद्धको प्रतिकार्य र सामाजिक–आर्थिक विकासलाई सन्तुलनमा राख्न सक्रिय कदम चालेको बताउनुभयो ।

बैठकमा समूहका मन्त्रीहरूबीच सन् २०१५ मा भएको पहिलो बैठकका निर्णयको प्रगति समीक्षा, आपसी सहयोग प्रवर्धन, नयाँ औद्योगिक क्रान्तिमा समूहको साझेदारी, परम्परागत उद्योगको ‘डिजिटल’ रूपान्तरण, औद्योगिक तथा आपूर्ति शृंखलामा सहकार्य गर्ने विषयमा विचार आदानप्रदान भएको थियो । रासस/सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज