स्विजरल्याण्डबाट ८६ करोड रुपैयाँ अनुदान लिने मन्त्रिपरिषद्को निर्णय

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनः एकीकरण आयोजनाका लागि स्विजरल्याण्डबाट सरकारबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले स्विट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.८ मिलियन डलर अर्थात् करिब ८६ करोड १३ लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको बताउनुभयो ।

त्यस्तै, विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब रुपैयाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गरेको छ । प्रवक्ता कार्कीका अनुसार सरकारले २०७९ जेठ ९ गतेदेखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना युएन स्क्यापको ७८औँ सत्रमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङको प्रतिनिधि मण्डललाई स्वीकृत प्रदान गर्ने निर्णय गरको छ । त्यस्तै, नेपाल राष्ट्र बैंकको नोट धुल्याउने नियमावली २०७९ बनाउन स्वीकृति दिने निर्णय बैठकले गरेको छ । प्रवक्ता कार्कीले सरकारले सशस्त्र प्रहरी नायव महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरेको बताउनुभयो ।

ADVERTISEMENT

उहाँका अनुसार सरकारले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामालाई प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै, सरकारले २०७९ जेठ १८ मा नर्वे र जेठ १९ फिनल्याण्डसँग हुने त्रिपक्षीय परामर्श संयन्त्रको बैठकहरूमा भाग लिनका लागि परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *